रत्ननगर १४ बन्यो बालमैत्री वडा

फागुन ६ चितवन  । चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । आवश्यक ३९ वटा सूचकहरु पुरा गरि वडालाई मंगलबार बालमैत्री घोषणा गरिएको हो ।   

पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा एक समारोहका बीच बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । प्रमुख अतिथि पूर्वअर्थमन्त्री पाण्डेले वडा अध्यक्ष हरिकुमार श्रेष्ठलाई घोषणा प्रमाणपत्र हस्तान्तरण गरे । सो अबसरमा पूर्वअर्थमन्त्री पाण्डेले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सवै वडावासी जिम्मेबार बन्नु पर्ने बताए ।   

बालमैत्री घोषणासँसै चुनौती थपिएको छ पाण्डेले भने – कुनै पनि बहानामा बालबालिकाहरु शोषणको चपेटामा पर्नु भएन । पूर्वअर्थमन्त्री पाण्डेले सरकारी विद्यालयमा शिक्षाको चुनौती रहेको भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *