महाराजगञ्जको स्विप अपरेसनमा ५७ जना पक्राउ

फागुन ४, काठमाडौं । महानगरीय प्रहरी महाराजगञ्जको स्विप अपरेसनका क्रममा गएराति अवैध कार्यमा संलग्न ५७ जना पक्राउ परेका छन् । 

प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

महानगरीय प्रहरी प्रभाग महाराजगञ्जका डिएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङ लगायत छन् । नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन् । 

Image result for पक्राउ

पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरेको छ । 

अवैध गतिविधिमा संलग्न हुनेविरुद्ध प्रहरी कडा रूपमा प्रस्तुत हुँदै आएको छ । गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण अभियान चलाएको छ । जसअन्तर्गत यसअघि  पनि दर्जनौं पक्राउ परिसकेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *