घुससहित ट्राफिक प्रहरी पक्राउ

मघ २६, रुपन्देही  । ट्राफिक प्रहरी पोष्ट खैरेनीमा कार्यरत प्रहरी जवान छविलाल पोख्रेल घुससहित पक्राउ परेका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट खैरेनीमा कार्यरत पोख्रेललाई शुक्रबार घुससहित पक्राउ गरेको हो ।   

पोख्रेलले विभिन्न बाहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकेर दुख दिने गरेको र टिप्पर आवतजावतमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।   

null

उनलाई अख्तियारको कार्यालय बुटबलबाट खटिएको टोालीले रुपन्देहीको देवदह नगरपालिका –०७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको कार्यालयबाट तीन हजार घुससहित पक्राउ गरेको थियो ।   

पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *