सानिमा बैंकका ग्राहकलाई फ्युचर वर्ल्डमा Apple Product खरिद गर्दा विशेष छुट

फागुन १६, काठमाडौँ । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. (फ्युचर वर्ल्ड) बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।   

बैंक र आस्ट्रल कम्प्युटर्स  (फ्युचर वर्ल्ड) बीच Apple  का प्रोडक्ट  जस्तै iPhone, iPad, Macbook  तथा अन्य accessories मा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

 सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वर्ल्डमा Apple  का प्रोडक्ट खरिद गर्दा रु ६,००० सम्म नगद तथा रु ७,००० सम्मका accessories प्राप्त गर्न सक्नेछन् ।  

null

साथै बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता (EMI)  भुक्तानी गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. को तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *