एनएमबि बैंक र तीन संघ संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर

माघ २४, काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

आज (शुक्रबार) एक कार्यक्रमका बिच ती संघबीचका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  

उक्त समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।  

हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ्ग र दिगो बैंकिङको सिद्धान्तमा उभिएको बताए ।  

नेपाल सरकारको समृद्ध नेपाल बनाउने लक्ष्य साकार पार्न यो समझदारी कोशेढुंगा सावित हुने उनको भनाइ छ । बैंकले साना तथा मझौला तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिलता विकास प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जामा जोड दिँदै आएको पनि उनले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *