आम्दानीको आधा भन्दा बढी हिस्सा सामाजिक विकासमा खर्च

माघ २७, रत्ननगर ।  रत्ननगर–७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले आम्दानी अनुसार सामाजिक विकास कार्यक्रममा खर्च गर्दै आएको छ ।   

गत आर्थिक वर्ष २०७५/७६ मा आम्दानी गरेको ३ करोड ८ लाख मध्ये डेढ करोड भन्दा बढी रकम सामाजिक विकास कार्यक्रममा खर्च गरिएको वनका अध्यक्ष जीत बहादुर तामाङले जानकारी दिए ।   

उनका अनुसार गत वर्ष १ करोड ६२ लाख रुपैयाँ सामुदायिक विकास कार्यक्रममा खर्च भएको छ । कुल आम्दानी मध्ये ५४ लाख ८४ हजार रुपैया वन व्यवस्थापन, पर्यापर्यटन प्रवद्र्धन कार्यक्रममा ३४ लाख २१ हजार रुपैया खर्च गरेको अध्यक्ष तामाङले बताए ।   

गत वर्ष सो वनले डुंगा संचालनबाट १ करोड ४० लाख ९१ हजार, हात्ती प्रवेश वापत ८७ लाख ११ हजार, सरसफाई शुल्कबाट ११ लाख २९ हजार, संरक्षण शुल्कबाट ५२ लाख ७९ हजार, मचानको आम्दानीबाट १ लाख ६४ हजार लगायतबाट ३ करोड ८ लाख ७५ हजार रुपैया आम्दानी गरेको वनका अध्यक्ष तामाङले बताए ।   

वनका सचिव कृष्ण भट्टले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आसामान लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वागमती प्रदेश साँसद कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, नेकपा रत्ननगरका अध्यक्ष केपी लामिछाने, नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरे, रत्ननगर ७ का वडाध्यक्ष राजन भट्ट, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुंगाना, युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, वनका उपाध्यक्ष सिताराम महतो लगायतले मन्तव्य राखेका थिए ।   

सोही अवसरमा वन सेवा क्षेत्र भित्र रहेका विभिन्न विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत, उत्कृष्ट कर्मचारी सन्तकुमार चौधरी, युनाईटेड हात्ती संचालन सहकारी संस्था, संरक्षणकर्मीहरु शंकर चौधरी, रुकमणी रिमाललाई सम्मान गर्नुका साथै घरवारविहीन अवस्थामा रहेका भुखला महतोलाई घर निर्माण गरेर हस्तान्तरण समेत गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *