कोरोना भाइरसको आशंकामा झुण्डिएर आत्महत्या, परिक्षण गर्दा भेटिएन कोरोना भाइरस

माघ २९, काठमाडौँ । मंगलबार भारतमा एक ५० वर्षीय एक व्यक्तिले आफूलाई कोरोना भाइरस लागेको आशंकामा झुण्डिएर आत्महत्या गरेका छन् ।   

भारतीय मिडियाका अनुसार भारतको आन्ध्र प्रदेशमा बाला कृष्णाहद भन्ने व्यक्तिले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।   

उनका परिवारका अनुसार  भाइरल ज्वरो आईरहेका  कृष्णाले त्यस बखत ईन्टरनेटमा कोरोना भाइरससँग सम्बन्धित भिडियो हेरेका थिए । भिडियो हेरेपछी आफूलाई कोरोना भाइरस भएको आशंका लागी यसको संक्रमणबाट आफ्नो परिवारलाई बचाउन परिवारका सदस्यलाई घरमा बन्द गरेर आफू  आमाको चिहान नजिकको रुखमा झुण्डिएर आत्महत्या गरेको बताईएको छ ।   

Image result for आत्महत्या

पछि उनको शवलाई  डाक्टरले परिक्षण गर्दा उनीमा कोरोनाको कुनै पनि लक्षण नभेटेको तर सामान्य भाइरल ज्वरोबाट ग्रस्त भएको डाक्टरले जानकारी दिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।   

चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् । तर आन्ध्र प्रदेशमा भने कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् । 

यस भाइरसको संक्रमणको डर भने विश्वभरी नै फैलिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *