दिल्लीमा प्रदर्शन, प्रहरी हवल्दारको मृत्यु, एसपी घाइते

काठमाडौं । भारतको दिल्लीमा प्रदर्शनको क्रममा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । भारतको दिल्लीस्थित यमुना क्रसिंग क्षेत्रमा नागरिकता संशोधन ऐनको विरूद्धमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सोमबार एक प्रहरी हवल्दारको मृत्यु भएको हो ।   

एक जना एसपी घाइते भएका छन् । 

उत्तर पूर्वी दिल्लीको दश स्थानमा प्रहरीले धारा १४४ लागू गरेको छ । जफराबाद, मौजपुर, सलेमपुर र चाँदबाग क्षेत्रमा भएको प्रदर्शनले हिंसाको रुप लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

null

आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले ढुँगा बर्साएका थिए भने केही स्थानमा आगजनी समेत गरेका थिए । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले निकै संघर्ष गर्नु परेको थियो । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय गृहमन्त्रीलाई शान्ति व्यवस्था कायम गर्न अपील गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *