कोरोना भाइरस संक्रमण : हुबेइका जनतालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध
मकालु खबर
२०७६ फागुन ५ गते
फागुन ५, एजेनसी । कोरोना भाइरसको केन्द्रबिन्दु मानिने चीनको हुबे प्रान्तमा अहिले मानिसहरूको गतिविधिमा थप कडाइ गरिएको छ ।
त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्कालीन अवस्थामा चाहिँ निस्किन दिइनेछ।
त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्नका लागि प्रत्येक घरबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।
हाउजिङ्हरूको एउटा प्रवेशद्वारा खुला राखिनेछ।
त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ।
औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेकका सबै कारोबार बन्द रहनेछन्।
अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारहरूलाई चाहिँ गुड्न छुट दिइनेछ।
त्यहाँ आइतबाररसम्म १ हजार ६ सय ५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
मकालु खबर
२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित