केरलामा कोरोना भाइरसकाे आशंकामा तीन हजार २५२ जनामाथी निगरानी

माघ २७,  तिरुवन्थपुरम । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ ।   

विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएन, र अनुगमनमा राखिएका व्यक्तिको रक्त परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।’ 

विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरुलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिएको उल्लेख छ ।  थ्रिसुरस्थित सरकारी शिक्षण अस्पतालको विशेष वार्डमा राखिएका चीनबाट फर्किएका विद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोना भाइरस (एन्कोभ) को सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ ।  एजेन्सी 

Image result for कोरोना भाइरस

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *