कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा एकैदिन दोब्बरले वृद्धि

फागुन ११, काठमाडौँ । चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा एकैदिनमा दोब्बरले वृद्धि भएको पुष्टि  भएको छ ।   

शुक्रबार २ सय २९ संक्रमित देखिएकोमा शनिबार संक्रमितको संख्या ४ सय ३३ पुगेको दक्षिण कोरियाली अधिकारीले जनाएको छ ।   

दक्षिण कोरियामा यस  संक्रमणबाट  दुई मृत्यु भइसकेकाे छ ।  एकैदिनमा  संक्रमितको संख्या दोब्बर भएपछी  त्यहाँका जनतामा त्रास फैलिएको छ । 

Image result for कोरोना भाइरस

अधिकारीका अनुसार दक्षिण पूर्वी शहर देइगु आसपासका अस्पताल र त्यहाँका धार्मिक समूहमा नयाँ संक्रमित भेटिएको छ ।  चीनपछि दक्षिण कोरियामा संक्रमितको संख्या धेरै देखिएपछी प्रधानमन्त्री चुङ्ग स्ये–क्यिुनले त्यहाँको अवस्थालाई गम्भीर भएको बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *