एमसीसी अनुमोदन नगर्न सभामुखलाई नौ दलको ज्ञापनपत्र

२०७६ माघ २८ गते

माघ २८, काठमाडौं । एमसीसी संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई नौ दलले ज्ञापनपत्र बुझाएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको नौ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) अनुमोदन नगर्न मंगलबार ज्ञापनपत्र बुझाएको हो ।
नौ दलीय गठबन्धनले सिंहदरबारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिएको दाबी गरेको छ।
null
पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरु सभामुखलाई ज्ञापन पत्र बुझाउन पुगेका थिए। सभामुख सापकोटाले ज्ञापन पत्र बुझेपछि एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारेका छन्।

२०७६ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित