फरार भनिएका दुर्गा प्रसाईं हाजिर हुन सिडियो कार्यालय पुगे

फागुन १, काठमाडौं । बी एन्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएका छन्। 

मानहानिको मुद्दामा फरार रहँदै आएका प्रसाई बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पुगेका हुन्  ।   

झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष कृष्ण गिरीले २० करोड रुपैंया घुस मागेको भन्दै गएको पुस २३ गते पत्रकार सम्मेलन नै गरेका थिए ।   

उनले लगाएको आरोपविरुद्ध आयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानीको मुद्दा दर्ता गराएका थिए । सोही मुद्दाका आधारमा अदालतले उनलाई पक्राउ गरि अनुसनधान गर्न आदेश दिएर पनि उनि भने फरार भएका थिए ।   

हाजिर हुन गएका प्रसाईंसँगको बहसपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिप्रका भक्तपुरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *