थाइल्याण्डमा एक थाइ सैनिकले अन्धाधुन्ध गाेली चलाउँदा कम्तिमा २१ काे मृत्यु
एजेन्सी । थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गाेली चलाउँदा कम्तिमा २१ व्यक्तिकाे मृत्यु भएकाे छ । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।
आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ ।
घटनामा २१ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाेली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।
थाई मिडियाका अनुसार उक्त संदिग्ध शूटरले नाखोन रत्चासिमाको नजिकैको सेनामा काम गरेको थियो जुन राजधानी बैंककबाट छ माईल टाढा छ।