नवलपरासीको बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
मकालु खबर
२०७६ माघ २९ गते
माघ २९, काठमाडौं । नवलपरासीको बुलिङटारमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा भएको दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुलिङ्गटारका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा परी बुलिङ्गटार–३ छरछरेका नरबहादुर सुस्लिंग, यानसिंह सारु, पूर्ण थापा, लिलाबहादुर सारुको मृत्यु भएको हो ।
घाइते ११ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मंगलबार साँझ लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा दुर्घटनामा परेको हो ।
मकालु खबर
२०७६ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित