कुवेत : निर्माणस्थलमा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो (अपडेट)

फागुन २, काठमाडौं । कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिए मृत्यु हुने नेपाली कामदारको संख्या ६ पुगेको छ । ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।   

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा  ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा र ग्राभेलको ढिस्को खसेको थियो । दुर्घटनामा ज्यान गुमाउनेको विस्तृत विवरण भने आउन सकेको छैन ।   

छिट्टै प्रतिवेदन दिन माग गरिए पनि प्रहरीले नदिएको राजदूतावासको भनाइ छ । उक्त निर्माणस्थल चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *