दुई दाजुभाइलाई निर्मतापूर्वक कुटपीटपछी गुप्ताङ्गमा हालियो पेट्रोल

फागुन ९, भारत । भारतमा दुई दाजुभाईलाई निर्मतापूर्वक कुटपिट पछी उनीहरुको  गुप्ताङ्गमा पेट्रोल हालिएको भिडियो सार्वजनिक भएको छ ।   

भारतको राजस्थानको नागौर जिल्लामा चोरीको आरोप लगाउँदै दुई दलित दाजुभाइलाई निर्मतापूर्वक कुटपिटपछी उनीहरुको   गुप्ताङ्गमा पेट्रोल हालिएको हो ।   

गत फेब्रुअरी १६ मा पाँचौडी क्षेत्रमा रहेको एक वर्कसपमा मोटरसाइकल सर्भिसिङका लागि पुगेका ती दाजुभाईलाई वर्कसपमाका व्यक्तिहरुले काउन्टरबाट पैसा चारेको आरोप लगाउँदै पेटी, मुक्का र लात्ताले बर्साउँदै निर्मतापूर्वक कुटपीट पछी  पेचकसमा पेट्रोल भिजाइएको कपडा बाँधेर गुप्ताङ्गमा छिराएका थिए । 

यस भिडियोलाई एक सामाजिक संजाल प्रयोगकर्ताले आफ्नो ट्वीटर मार्फत सेयर गरेका थिए । सेयर गरिएको उक्त भिडियो भाइरल भएपछि प्रहरीले पीडित युवकहरुलाई सम्पर्क गरी उनीहरुलाई कुटपीट गर्ने  ७ आरोपीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ ।   

उनीहरुलाई कुटपीट गर्ने ७ मध्ये ५ पक्राउ परिसकेका छन् भने २ जना भने फरार रहेका छन् ।  पक्राउ पर्नेमा पाँचौडी क्षेत्रकै  हडमान, रघुवीर, आईदान, छैल र रहमतुल्ला रहेको प्रहरीले जनाएको छ । यस घटनाप्रती दुःख व्यक्त गर्दै  काँग्रेस नेता राहुल गान्धीले यस घटनालाई भयावह बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *