पप्पुसहित ६ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं । विभिन्न आयोजनाको निर्माण ठेक्का लिएर सम्झौता कार्यान्वयन नगर्ने पप्पुु कन्ट्रक्सनसहित ६ वटा निर्माण कम्पनीलाई सरकाले कालो सूचीमा राखेको छ ।   

सार्वजनिक खरिद अनुगमन कार्यालयले यसअघि पटक–पटक कालोसूचीमा परेको पप्पु कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखेको हो । काठमाडौं उपत्यका सडक आयोजनाअन्तर्गतको योजनामा कबुलअनुसार पप्पुले काम नगरेपछि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 

सो कार्यालयले पप्पुसहित, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबी केसी निर्माण सेवालाई कालोसूचीमा राखेको हो । 

पप्पुबाहेक अन्य निर्माण कम्पनिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षका लागि कालो सूचीमा राखेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *