बैंक अफ काठमाण्डूले ल्यायो बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना

फागुन १५, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको अवसरमा  बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना ल्याएको छ ।   

यस बैंकले आफ्नो ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना ल्याएको हो ।   

यस योजनामा ग्राहकले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा कारोबार रकमको २५% नगद फिर्ता पाउने छन् । 

ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अर्न्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ ।   

बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी मे आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकलाई अनुरोध गरेको छ । 

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *