एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच वित्तिय सम्झौता

फागुन ७, काठमाडौं ।  एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच वित्तिय सम्झौता भएको छ ।   

बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको हो ।   

एभरेष्टका नायब महाप्रबन्धक गिरिश कोहली र हेफरका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोद्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ । 

२०५१ सालदेखि वाणिज्य बैंकिंग क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् ।   

बैंकको देशभरि ९५ शाखा, १२२ ए.टि.एम र ३० रकम संकलन केन्द्र रहेका छन् ।   

यो बैंक सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भएको छ ।   

यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २ लाख ५४ हजार गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ ।   

हेफेरले महिला सहकारीहरुमा वित्तिय पहुँच पुरÞ्याउने काम पनि गर्दै आएको छ । बिगत ७५ वर्षदेखि हेफरइन्टर नेशनलले १२५ देशहरुमा सेवा प्रदान गर्दैआएको छ । 

सम्झौतासँगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारीखेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तिय पहुँच पुरÞ्याउनका लागि संयुक्त प्रयास गर्नेछ ।   

साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ ।   

एभरेष्टबैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससँग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसँग संयुक्त रुपमा साना तथा मझ्यौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसँग जोड्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *