सूचीकृत आदिबासी जनजातिको संख्या ६० पुग्यो, रानाथारु पनि अलग्गै जातिमा सूचीकृत

माघ २३, काठमाडौँ । सरकारले रानाथारु समुदायलाई पनि अलग्गै आदिबासी जनजातिको रुपमा सूचीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राना थारु समुदायलाई छुट्टै पहिचान भएको जातिकोरुपमा सूचीकरण गरेको हो ।   

माघ २० गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले राना थारु समुदाय अलग्गै आदिबासी जनजातिमा सूचीकरण गरिएको जानकारी दिए । 

रानाथारुलाई अलग्गै सूचीकरण गरेपछि अब सूचीकृत आदिबासी जनजातिको संख्या ६० पुगेको छ । यसअघि आदिबासी जनजातिमा सूचीकृत जातिको संख्या ५९ थियो ।   

null

आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातलाई आदिवासी/जनजाति परिभाषित गरेको छ । ऐनको परिभाषामा ‘आदिवासी/जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्ने उल्लेख गरिएको छ ।   

थारु आयोग र आदिबासी जनजाती आयोग गठनको व्यवस्था नेपालको संविधानमा नै गरिएको छ ।  हाल नेपालमा राना थारु  समुदायको जनसंख्या जनसं‌ख्या करिब ३ लाख ५० हजार रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *