मध्यराति प्रहरी चौकीमा अन्धाधुन्ध आक्रमणः दुई प्रहरी घाइते

माघ २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चाेककाे एक प्रहरी चाेकीमा अज्ञात समूहले मध्यराति अन्धाधुन्द आक्रमण गर्दा दुइ प्रहरी घाइते भएका छन् । सिन्धुपाल्चाेक खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका छन् ।   

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

null

आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङ लाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *