कर्मचारीको जन्मदीनमा राईटपाथद्वारा स्नेही काखलाई सहयोग

फागुन ६, काठमाडौं । राइटपाथ करियर काउन्सेलिङले आफ्ना कर्मचारीको जन्मदीनको अवसरमा नेपाल स्नेही काखलाई आर्थिक सहयोग गरेको छ ।   

राइटपाथले कर्मचारी हर्कबहादुर विश्वकर्माको जन्मदीनको अवसरमा ललितपुर कुसुन्तीस्थित नेपाल स्नेही काखमा रहेका असहाय तथा बालबालिकाहरुको रेखदेखमा सहयोग पुर्याउन १५ हजार बराबरको खाद्यान्न र नगद रु ११ हजार आर्थिक सहयोग गरेको हो ।   

आफ्नो जन्मदीनको अवसरमा हर्क बहादुर विकले १५ हजार बराबरको खाद्यान्न प्रदान गर्दा राइटपाथले नगद ११ हजार हस्तान्तरण गरेको थियो । आइतबार आयोजित कार्यक्रममा राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थालाई आर्थिक सहयोग गरिएको बताए ।   

संस्थाले विगत वर्षहरुदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको जानकारी दिँदै समाज परिवारबाट अपहेलित तथा सहाराविहिनलाई नेपाल स्नेही काखले संरक्षण गरेर उदाहरणीय कार्य गरेको बताउँदै त्यस क्रममा राइटपाथले थोरै भएपनि सहयोग गर्न पाएकोमा धन्यवाद दिए ।   

सडकमा वेवारिसे अवस्थामा रहेका मानसिक रोगी र असहायहरुलाई विगत २०६७ सालदेखि संरक्षण गर्दै आइरहेको स्नेही काखमा आश्रितहरुलाई विभिन्न दाताहरुको सहयोगबाट सञ्चालन गरिएको सञ्चालिका स्नेहा पोखरेलले बताइन् ।   

स्नेही काखलाई सहयोग गर्न चाहनेले आफ्नो जन्मदीन, विवाह, पार्टी तथा शुभकार्यमा समेत स्वइच्छाले आर्थिक, भौतिक सहयोग प्रदान गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *