अब एन आई बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा बिशेष छुट

फागुन १२, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि.बीच छुट सम्बन्धी सम्झौता भएको छ ।   

यस बैंक र  प्रा.लि. बीच एन आई सी बैंकका ग्राहकले सोनीका आउटलेटहरू तथा केही आधिकारिक बिक्रेताहरूबाट Sony Bravia Television (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । 

Image result for एन आई सी एशिया बैंक

उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै POS र QR Code   प्रयोग गरि Sony Bravia का माथि उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,००० सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याइएको बताइकाे छ ।    

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *