कोरोना भाइरस संक्रमण : दुई इरानीको मृत्यु

फाइल फोटो  

फागुन ८, एजेन्सी । चीनको बुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को माहामारीले इरानमा दुई जनाको ज्यान लिएको छ । कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो। 

कोरोना भइरसका कारण इरानको राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणस्थित कोमका दुई जना वृद्धको मृत्यु भएको इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ले जनाएको छ।   

योसँगै बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको छ। 

चीनमा मात्रै २ हजार १ सय १८ जनाको मृत्यु भएको छ, भने सो भाइरसबाट बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको हो। 

त्यस्तै हङकङ र इरानमा २ २ जनाको मृत्यु भएको छ। फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक एक जनाको मृत्यु भएको छ। 

त्यस्तै बुधबारसम्ममा  चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रूपमा कमी आएको छ। बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *