‘ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्ने २५ वर्षीय युवक पक्राउ

माघ २६, काठमाडौँ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिदैँ ह्वाइट हाउसमा चक्कु सहित पुगेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।   

वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीका अनुसार  फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथलाई पक्राउ गरिएको हो ।   

उनका अनुसार हेजपेथले  ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै चक्कु सहित त्यहाँ पुगेका थिए । 

Image result for ट्रम्प

पक्राउ परेका  हेजपेथको मानसिक अवस्था ठीक नभएकोले उनलाई मानसिक अस्पताल लगिएको गुप्तचर विभागका अधिकारीले जानकारी दिएका छन् ।   

उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण पछि उनीमाथि थप कारवाही प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *