नाइजेरियामा चार सहकर्मीको हत्यापछी सिपाहीले गरे आत्महत्या
मकालु खबर
२०७६ फागुन १५ गते
फागुन १५, काठमाडौँ । नाइजेरियामा बुधबार सेनाका एक जना सिपाहीले चार सहकर्मीको हत्या गरेपछी आफूले पनि आत्महत्या गरेका छन् ।
यस घटनामा उक्त सेनाले चलाएको बन्दुकको गोलीबाट अरु थप दुई जना समेत घाइते भएको नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उक्त सिपाहीको गोली लागि घाइते भएकाहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको सैनिक प्रवक्ता सागिर मुसाले जानकारी दिए ।
उनले हाल घाइतेहरुको अवस्था सामान्य रहेको बताउँदै घटनाका बारेमा छानबिन शुरु गरिसकिएको बताए ।
मकालु खबर
२०७६ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित