मिसेस एण्ड मिस गुरुङ –२०२० को ट्यालेन्ट राउण्ड सम्पन्न, ग्राण्ड फिनाले माघ २९ गते हुँदै

माघ २२, काठमाडौं । मिसेस एण्ड मिस गुरुङ –२०२० को ट्यालेन्ट राउण्ड सम्पन भएको छ । ग्राण्ड फिनाले यहि माघ २९ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनयलगायत अन्य कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए । 

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एवम् रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङ नारी, गृहिणी/व्यवसायिक महिला दिदि–बहिनीमार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तरराष्ट्रिय स्तरमा समेत प्रवर्द्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गर्न लागिएको मिसेस एण्ड मिस गुरुङ –२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो ।   

नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा स्थापित गर्दै एस.के. इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘मिसेस एण्ड मिस गुरुङ –२०२०’ आयोजना गर्दै आएको छ । 

विगत दुई वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘मिसेस एण्ड मिस गुरुङ –२०२०’ को ट्यालेन्ट राउण्ड सम्पन्न गरेको छ । उक्त प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामासमेत सहभागि हुन पाउनेछन् ।   

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिँदै आएको छ । जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिँदै आएको संस्थाकी अधक्ष्य शान्त तामाङले जानकारी गराइन् ।   

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराईएको थियो । प्रतियोगीहरुले आफूले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर सिकेको कुराहरुलाई उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउँछिन ।  

  

यस सौन्दर्य प्रतियोगीताले गुरुङ विवाहित नारी, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *