काठमाडौंमा आर्थिक तथा वित्तीय सम्मेलन, ३० विदेशीसहित नेपाली विज्ञको प्रस्तुति

फागुन १६, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि काठमाडौंमा सुरू हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कार्यक्रमको उद्घाटन गर्दैछन् । सम्मेलन नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले आयोजना गर्न लागेको हो । 

शनिबारसम्म हुने उक्त सम्मेलनमा १८ वटा सत्रमा ७२ वटा अनुसन्धान तथा प्राज्ञिक कार्यपत्रका साथै मौद्रिक, अन्तर्राष्ट्रिय व्यापार, श्रम, पर्यटन समावेशी र दीगो विकासजस्ता विषयमा ३० वटा विदेशी र बाँकी नेपाली विज्ञको प्रस्तुति रहने राष्ट्र बैंकले जनाएको छ । 

कार्यक्रममा अन्तर्राष्ट्रिय दातृ समुदायका प्रतिनिधि, नेपाल सरकारका सम्बद्ध अधिकारी, अनुसन्धानदातालगायतको सहभागिता रहनेछ । सम्मेलनमा गरिएका छलफल एवं सूचना तथा अनुभव आदानप्रदानले नीति निमार्णमा सहयोग पुग्ने आशा बैंकले राखेको छ । 

सम्मेलन आयोजना गर्नका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल माताङ्गी मास्के, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अनुसन्धान विभागका निर्देशक डा. रामशरण खरेल रहेको आयोजक समिति छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *