सुनको भाउ बढ्यो, चाँदीको घट्यो

फागुन १५, काठमाडौँ ।  बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको र चाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार प्रतितोला  ७९ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७९ हजार ७ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार तेजाबी सुनमा पनि आज तोलामा २ सय रुपैयाँ बृद्धी भएर प्रतितोला  ७९ हजार ४ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

बिहिबार चाँदीको भाउमा भने  तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ९ सय रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको  छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *