लोपोन्मुख लेप्चा जातिको संस्कार संस्कृति संकटमा

फागुन १३, विराटनगर । ईलामको सुर्यदय नगरपालिका ४  मा लेप्चा समुदायका ३७ परिवार बस्छन् । 

नेपालको राष्ट्रिय जनगणना अनुसार लोपोन्मुख आदिवासी जनजातिको सूचीमा पर्ने लेप्चा जातिको कुल जनसंख्या ३ हजार ४ सय ४५ रहेको छ ।   

सबैभन्दा धेरै लेप्चा जातिको बसोबास रहेको पूर्वाञ्चलमा तीन हजार दुई सय ३६ छन् । त्यस्तै, मध्यामञ्चलमा एक सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा पाँच र सुदुरपश्चिमाञ्चलमा दूई जनाको बसोबास रहेको पाईएको छ ।   

null

उनीहरुको आफ्नै भाषा र आफ्नै विधि अनुसारको ग्रन्थ पनि छ ।   

लेप्चा जातिलाई दार्जिलिङका आदिम जनजाति पनि मानिन्छ । ईलाममा बसोबास गर्ने लेप्चा जातिहरु नेपाल एकिकरणमा गोर्खाली फौजलाई सघाउँदै १८५६ देखि लालमोहर पाएर ईलाम जिल्लाको सुर्यदय नगरपालिकामा बसोबास गर्दै आईरहेको स्थानीय उमेश कुमार लेप्चाले बताए । 

उनका अनुसार उनीहरुको अगुवा लेप्चालाई १८९५ मा काजी सुब्बाको दर्जा दिएको बताए । उमेश कुमार लाप्चाको अनुसार आफ्नै भाषा,संस्कार, संस्कृति भए पनि लोप हुने अवस्थामा रहेको छ ।   

भाषा लिपि, संस्कार, संस्कृति बचाउका लागि आफ्नै समुदाय मिलेर केहि प्रयास गरीरहेको उनकोे भनाई छ ।   

उनले भने “यो हाम्रो मात्र पहुँचको कुराले नहुँदोरहेछ, स्थानीय सरकार, प्रदेश सरकार साथै संघीय सरकारबाट सहज हुन्थ्यो भन्ने महशुस गरेका छौ ।”   

उनीहरुले संस्कार, संस्कृति संरक्षणका लागि स्थानीय निकाय, साथै केहि संघ संस्थाको सहयोगमा संग्राहलयको भवन निर्माण थालेका छन् । अधिकांश लाप्चाहरु दुर्गम स्थानमा बसोबास गर्ने भएकाले धेरै जस्तो आर्थिक, सामाजिकरुपमा पनि दयनिय नै रहेको उनको भनाई छ । 

भौगालिक कठिनाई, आर्थिक चुनौतीको सामना गर्दै पछिल्लो पुस्ताले अध्ययनको क्षेत्रमा राम्रै प्रगती गर्दै गएको भए पनि  उनीहरुको पुस्तारुपान्तरण सँगै भाषा, संस्कार, संस्कृति भने लोप हुने अवस्थामा छ ।   

उनको बाजेको पालामा गर्ने कर्मकाण्डहरु उनले थोरै सिकेको भएर आजभोली काम लागेको भए पनि अबको उनको सन्तानले भने कसरी पुख्र्यौली संस्कार थाप्छन् भन्नेमा उनी चिन्तित छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *