सुनसँगै बढ्यो चाँदीको भाउ पनि
मकालु खबर
२०७६ माघ २४ गते
माघ २३, काठमाडौं । बिहिबार स्थिर रहेको सुनको भाउ आज साताको अन्तिम दिन शुक्रबार तोलामा ४ सय बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार प्रतितोला ७५ हजार २ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजार ६ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी महासंघका अनुसार बिहिबार प्रतितोला ७४ हजार ९ सय रुपैंयामा बिक्रिबितरण भएको तेजाबी सुनमा पनि आज तोलामा ४ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७५ हजार ३ सय रुपैयाँले कारोबार भईरहेको छ ।
शुुक्रबार चाँदीको भाउमा पनि तोलामा १० रुपैयाा बृद्धी भई प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मकालु खबर
२०७६ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित