आजको मौसम : बर्षा र हिमपातको सम्भावना

फागुन १०, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो देशको पूर्वी भूभागसहित मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ भने, बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । पूर्वी तथा पश्चिमी भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

आइतबार र सोमबार मेघ गर्जनरचट्याङसहित हल्का बर्षाको आंकलन गरिएको महाशाखाको पूर्वानुमानमा उल्लेख छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *