पौवादुङमा गाउँपालिकाद्धारा विद्यार्थीलाई न्यानो कपडा

भोजपुर २१, माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक विद्यार्थीहरुलाई न्यानो कपडा वितरण अभियानको थालनी गरेको छ । जाडोका कारण विद्यालयमा पठनपाठनमा समस्या उत्पन्न भएपछि गाउँपालिकाले उच्च पहाडी भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।   

आइतबार पौवादुङमा–१ श्यामशिलास्थित राधाकृष्ण माध्यमिक विद्यालयका ४६२ जना र तिवारीभञ्याङ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । अभियान अन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालय, मानेडाँडा माध्यमिक विद्यालय, जनकल्याण आधारभुत विद्यालय, महालक्ष्मी आधारभुत विद्यालय लगाएत अन्य ७ विद्यालयमा पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । 

न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि विभिन्न योजनाहरु सञ्चालन भइरहेको जानकारी दिए । उनले यसअघि पनि विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्था गरिएको सुनाए । अध्यक्ष राईले जाडोका कारण विद्यार्थीहरु प्रभावित नहोऊन् भनेर न्यानो कपडा वितरण गरेको बताए । 

गाउँपालिका उपाध्यक्ष सम्झना राईले नीति तथा कार्यक्रम अनुसार कार्यक्रमको थालनी गरेको बताइन् । यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा आउने वातावरण बन्ने उनले बताइन् । उपाध्यक्ष राईले डाटा हेर्दा चिसोको कारण करिब ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआएको पाइएको र अब त्यस्तो नहुने बताइन् ।   

विद्यालयका प्रधानाध्यपक तीर्थप्रसाद खनालले गाउँपालिकाले कपडा वितरण गरेसँगै पठनपाठनमा सहज भएको बताए । खनालले जाडोमा आगो बालेर विद्यार्थीलाई पढाइरहेको बेला न्यानो कपडाले ठुलो राहत मिलेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *