अमेरिकामाथि चीनको आरोप – ‘कोरोना भाइरसबारे अमेरिकाले आतंक फैलायो’

माघ २०, काठमाडौं । चीनले अमेरिकालाई गम्भिर आरोप लगाएको छ । कोरोना भाइरसको संक्रमण बारे सहयोग गर्नुको सट्टा अमेरिकाले झन आतंक सिर्जना गरेको भन्दै चीनले आरोप लगाएको हो ।   

अमेरिकाले शुक्रबार स्‍वास्थ्य संकटकाल घोषणा गर्दै दुई हप्तायता चीन भ्रमण गरेका विदेशीलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अमेरिकाको सो घोषणालगत्तै चीनले यस्तो आरोप लगाएको छ ।   

सोमबारको पत्रकार सम्मेलनमा अमेरिकाको यस्तो कदमले त्रास बढाउने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुङयिङले बताएकी छन् । उनले भनिन्, ‘अमेरिकाले सहयोग गर्नुको सट्टा आतंक फैलाइरहेको छ ।’ 

null

अमेरिकाले जनवरी २३ मै अमेरिकी नागरिक र उनीहरुको परिवारलाई वुहानबाट स्वदेश फर्किन निर्देशन दिएको थियो । हुवेइ प्रान्तबाट फर्किने सबै अमेरिकी नागरिकलाई स्वेदश फर्किएपछि १४ दिन क्वारेन्नटाइनमा राखिएको छ । अमेरिका चीन भ्रमण गर्नेलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने र आंशिक रुपमा दूतावासका कर्मचारी फिर्ता गर्ने पहिलो देश हो । 

कोरोना भाइरसबाट हालसम्म चीनमा १७ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका । ३ सय ६१ जनाको मृत्यु भइसकेको छ ।   

चीन बाहिर फिलिपिन्समा पनि एक जनाको ज्यान गइसकेको छ ।   

विश्व स्वास्थ्य संगठनले जनवरी ३० मा कोरोना भाइरसका कारण स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *