चीन भ्रमणबाट फर्किएका मङ्गोलियाका राष्ट्रपति पनि क्वारेन्टाइनमा
फागुन १६, काठमाडौं । मङ्गोलियाका राष्ट्रपति खाल्टमाजिन बटुल्गालाई १४ दिने क्वारेन्टाइनमा राखिएको छ । एक दिवसीय चीन भ्रमणबाट फर्किएका उनीसहित अन्य सरकारी अधिकारीहरुसरकारी अधिकारीहरुलाई क्वारेन्टाइनमा राखिएको हाे ।
बटुल्गासहित विदेशमन्त्री र अन्य सरकारी अधिकारीहरु चीनमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति बटुल्गासहित प्रतिनिधिमण्डलका सदस्यहरुलाई सावधानी अपनाउँदै बिहीबारदेखि दुई हप्ते क्वारेन्टाइनमा राखिएको राष्ट्रिय समाचार एजेन्सी मोन्टसेमले उल्लेख गरेको छ ।
मोन्टसेमका अनुसार बटुग्ला र राष्ट्रपति सीबीचको भेटमा कोराना भाइरसको नियन्त्रणका लागि साझेदारीको विषयमा पनि छलफल भएको थियो । भेटमा बटुग्लाले चीनलाई ३० हजारवटा भेडा सहयोग गर्ने पनि घोषणा गरेका थिए ।
हालसम्म मङ्गोलियामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । कोरोनाभाइरसको संक्रमण रोक्न मङ्गोलियाले कडा उपायहरु अपनाएको छ ।
मार्चसम्मलाई विद्यालयलाई छुट्टी दिइएको छ भने चीनमा कोइलाको निर्यातलाई मार्च २ सम्मका लागि स्थगत गरिएको छ । एजेन्सी