आज फेब्रुअरी १४ : ‘भ्यालेन्टाइन डे’, प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर

फागुन २, काठमाडौं । आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । पछिल्लो सयम नेपालमा यो प्रेम (प्रणय) दिवसका रूपमा परिचित हुँदै गएको छ । पश्चिमी संस्कृति भए पनि करिब डेढ दशकयता यसलाई नेपालका सहरहरूमा राम्रैसँग मनाउन थालिएको छ, खासगरी युवा पुस्ताले । 

युवापुस्ताले फेबु्रअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन्  ।यो दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, रातो गुलाबलगायत उपहार दिने गरिन्छ ।  

१४ फेब्रुअरीलाई डे अफ लवका रुपमा मनाइन्छ तर त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई ‘विक अफ लव’का रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ । आफ्नो प्रेमी-प्रेमिकासँगको सामिप्यता, आत्मीयता एवं प्रेमलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुर्‍याउने सबैभन्दा राम्रो अवसरका रुपमा लिइन्छ यो दिनलाई । 

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ? 

अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचिन रोमनबाट सुरु भएको हो । 

इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *