बानेश्वरको एक रेष्टुरेन्टमा नेकपाका नेता मृत फेला, हत्या भएको आशंका

माघ २३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक नेताको काठमाडौं नयाँबानेश्वरस्थित एक रेष्टुरेन्टमा शंकास्पद मृत्यु भएको छ ।   

काभ्रे घर भएका नेकपाका ५१ वर्षीय नेता हरिदेव गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा शंकास्पद मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।   

मंगलबार राति रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्याइएका थियो। 

अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषीत गरेको प्रहरीको भनाइ छ । गिरीको मृत्युको कारण खुलेको छैन।अनुसन्धानका लागि भन्दै प्रहरीले रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । 

गिरी मंगलबार बिहानैदेखि मदिरा सेवन गरेर रेष्टुरेन्टमा बसेको त्यहाँका कर्मचारीले बताएका छन्। 

गिरी काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित प्रयासमार्ग बस्दै आएका थिए । गिरीको विभिन्न ठाउँमा चोट देखिनुले हत्या भएको हुनसक्ने  परिवारले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *