एन आई सी एशिया बैंकको नयाँ वेबसाइट सञ्चालनमा

माघ २३, काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकमैत्री नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यले डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरुका साथ नयाँ वेबसाइट सार्वजनिक गरेको हो ।   

बैंकले आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराएको छ ।   

उक्त वेबसायटमा ग्राहकहरुले नेपाली भाषामा नै बैंकका सूचनाहरु प्राप्त गर्न सक्नेछन् । वेबसाईटबाट गूगल म्यापलाई समेत संलग्न गरिएकोले बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ ।   

null

यस्तै वेबसाइटबाट बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ ।   

वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्टफोन मार्फत वेबसाइट चलाउन सक्ने सुविधा प्रदान गरिएकोे छ ।   

वेबसाईट बाटै खातासमेत खोल्न मिल्ने छ । बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा ‘साथी’ च्याटबाट वेबसाईटमै उपलब्ध रहेको छ्र । 

वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना (अलर्ट) मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ ।   

आफुलाई मनपरेका जानकारी र सूचना सामाजिक सन्जालमा सेयर गर्न सकिने गरी ब्यवस्था मिलाईएको छ्र । प्रयोगकर्ताको डाटा सुरक्षाको लागि विशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ्र ।   

यो वेबसाइटले www.nicasiabank.com प्रयोगकर्तालाई नविन अनुभुती प्रदान गर्दै बैंकका लागि डिजिटाइजेसनमा अर्को कोशेढुङ्गा सिद्घ हुने विश्वास बैंकले लिएको छ ।   

नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको छ । ग्राहकलाई बैंकको बारेमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा पूर्ण विश्वस्त रहेको प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् ।   

बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ५० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।   

यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।   

हाल बैंकका करिब २१ लाख ग्राहक छन् ।   

बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।   

बैंकले दुर्गम जिल्लाहरुमा तथा कुनै  पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सेवा दिँदै आएको पाण्डेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *