जुगल गाउँपालिकाका बिरामीको अवस्था सामान्य, १ सय ५९ जनाको स्वास्थ्य परीक्षण

माघ २९, काठमाडौं ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बाका स्थानीयको अवस्था सामान्य भएको बताइएको छ ।   

स्थानीयमा सामान्य ज्वरो, रुघाखोकीको लक्षण देखिएको र गम्भीर बिरामी नपाइएको बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले बताएका हुन्।   

उनले त्यहाँका कोही पनि व्यक्ति चीनमा आवतजावत नगरेकाले कोरोनाको संक्रमण देखिने सम्भावना नरहेको उल्लेख गरेका छन्। साथै उनले बुधबार बिहानै आवश्यक औषधि र सामग्रीहरूसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको पनि बताइएका छन्।   

उनले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीको टोलीले बुधबार साढे ११ बजेसम्म १५९ जना बिरामीको परीक्षण गरेको उल्लेख गरिएको छ।   

सिन्धुपाल्चोक प्रकोप विपत् व्यवस्थापन समितिको ध्यानाकर्षण मन्त्रालयका अनुसार थप अध्ययन एवं प्रतिकार्य गर्न जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्बर खनालसहितको टोली गुम्बामा पुगिसकेको बताइएको छ। थप अनुसन्धान तथा बिरामीको नमुना संकलन गर्नका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र चौतारा अस्पतालबाट डा. स्वेता श्रेष्ठको नेतृत्वमा ल्याब टेक्निसियनसहितको चारजनाको टोली गुम्बा परिचालन गरिएको जनाइएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *