चीनमा कोरोना भाइरसको प्रकोपबाट शुक्रबार मात्रै ८६ जनाको मृत्यु

माघ २५, एजेन्सी । चीनमा नोवल कोरोना भाइरसबाट शुक्रबार मात्रै थप ८६ जनाको मृत्यु भएको छ । योसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२२ पुगेको छ । चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको पछिल्लो जानकारीअनुसार शनिबार बिहानसम्म थप ८६ जनाको मृत्यु भएको हो। 

शुक्रबार मृत्यु भएकामा कोरोनाको उद्गम स्थल मानिएको हुवेई प्रान्तका ८१ जना रहेका छन् भने ५ मृतक अन्य प्रान्तका रहेका छन्। कोरोना भाइरसबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको यसअघि मृत्यु भएको थियो। 

शुक्रबार थप ३ हजार ३९९ जनामा कोरोनाको संक्रमण देखा परेको आयोगले जनाएको छ । हालसम्म चीनमा मात्रै कोरोनाबाट संक्रमितको संख्या ३४ हजार ५४६ पुगेको छ । नोवल कोरोना भाइरसबाट अहिलेसम्म विभिन्न मुलुकमा ३४ हजार ८७२ जनामा संक्रमण भएको छ। कोरोना भाइरसबाट संक्रमित १ हजार ५६८ जनालाई निको भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *