भरतपुरको फर्निचर उद्योगमा आगलागी

माघ २५, भरतपुर । चितवनको भरतपुर ५ नारायणपुरस्थित रोयल वुड पार्केट इन्डष्ट्रिजमा एकाविहानै आगलागी भएको छ । आगलागीमा लाखाैंकाे उद्याेगका सामान नष्ट भएकाे अनुमान गरिएकाे छ । 

बिहान करिब ४ बजेतिर भएको आगलागी केहिबेर अघि नियन्त्रणमा आएको हाे । तर, उद्योगका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।   

६ वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियको प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङले बताए । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *