अनुशासित यात्रुहरु, जो लामबद्ध भएर बस चढ्छन् (१५ तस्विर)

फागुन ६, काठमाडौं । झंकप्रसाद पुडासैनी दैनिक काठमाडौंका सडक ओहोर–दोहोर गर्छन् । उनको घर काठमाडौंको मनमैजु मन्दिरभन्दा अलि तल पर्छ । २० वर्षजति भयो काठमाडौं बसेको ।   

कामका शिलशिलामा बिहान घरबाट निस्किन र बेलुकी घर पुग्न उनलाई निकै सकस पर्छ । एक÷दुई घण्टासम्म बस कुर्यो, चढ्नै नसकिने । बलियाबांगा चढ्थे, उनी हेरेको हे¥यै । यही शिलशिलामा उनले आफ्नो मोबाइल समेत हराएका थिए, दुई/तीन वर्षअघि ।   

अहिले भने अलि सहज भएको छ, यात्रुको लाइन सिस्टमले । बसका लागि केही समय कुर्नु त पर्छ तर पालो भने सहजै पाउँछन् । ‘पहिले लाइन नहुँदा भद्रगोल खालको भीड हुन्थ्यो । बलियाहरु सहजै चढ्थे, वृद्धवृद्धा र अशक्तहरु चढ्नै पाउँदैन थिए । अहिले लाइन सिस्टम आएको दुई वर्षजति भयो । अलि सहज भएको छ । ज्येष्ठ नागरिक, अपांगहरुले लाइन बस्नु पर्दैन’, पुडासैनीले भने ।   

उनी पनि ज्येष्ठ नागरिकभित्रै पर्छन् तर पनि लामबद्ध भएर उभिएका छन् । उनलाई तछाड–मछाड गर्नुभन्दा लाइन बस्नु उचित लाग्छ । पुडासैनी भन्छन्– ‘लाइन नहुँदा मानिसहरुको भीड हुन्थ्यो । पाकेटमारहरु सक्रिय थिए । कयौँ मानिसहरुको सामान हराउँथ्यो । मेरो पनि मोबाइल हराएको थियो । अहिले लाइन भएपछि पाकेटमारको त्यति डर छैन । अलि सुविस्ता भएको छ । १०÷१५ मिनेट ढिलो भएर के हुन्छ र ?’ 

उनका अनुसार रत्नपार्कको शान्तिवाटिकाबाट बानियाँटारका लागि लाग्ने माइक्रोहरु एक, जाल्पा चोकबाट लामा गाउँ हाइट हुँदै पीपलबोट हाइट जान्छन्, अर्को सूर्यदर्शन हाईट जान्छ र अर्को एउटा टोखासम्म जान्छ । त्यताको बाटो राम्रो छैन, साँघुरो छ । त्यहाँका लागि जाने २८ वटा माइक्रो छन् ।   

बसको प्रतिक्षामा लाइनमै बसेका अर्का यात्रु पहिलेभन्दा निकै सहज महशुस गर्छन् । ‘लाइन बसेर चढ्न थालेको धेरै वर्ष भयो । दिउँसो अलि होलो हुन्छ । बिहान र बेलुकी धेरै समस्या हुन्छ । गाडीको अभाव छ । लाइन बसेपनि कोच्चिएर जानुपर्छ’, उनले सुनाए । 

दिउँसोको तुलनामा बिहान र बेलुकी यात्रुहरुको चाप हुने गर्छ सार्वजनिक यातायातमा र बसस्टपमा । बस आउँछ अनि सुरु हुन्छ यात्रुहरुको तछाड–मछाड ।   

बलियाबांगा युवाहरु चढ्छन् । वृद्धवृद्धा, बालबालिका, अशक्त, अपांग (फरक क्षमता भएका व्यक्ति) हरु हेरेको हे¥यै, चढ्नै मुश्किल । गन्तव्यमा पुग्नै सकस पर्छ उनीहरुलाई ।   

राजधानीका सडकमा त सयौँका संख्यामा सार्वजनिक यातायात छन् । तर राजधानीका भित्री बस्तीहरु, गल्लीहरुमा जाने यातायात कमै संख्यामा हुने हुँदा यात्रुहरुलाई गन्तव्यमा पुग्न असहज भइहरको छ ।   

यसैलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु प्रतिक्षालयमा लाइन लागेर पालैपालो बस चढ्ने सिस्टम ल्याएको महाशाखाका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । 

वृद्धवृद्धा, अशक्त, बालबालिकाको सहजताका लागि सुन्धारा, रत्नपार्क लगायतका यात्रुहरुको भीड लाग्ने ठाउँमा लाइन लागेर पालैपालो बस चढ्ने सिस्टम सुरु गरिएको उनले जानकारी दिए । यद्यपी अन्य ठाउँमा अहिले लाइन नभएको र रत्नपार्कबाट बानियाँटार जाने यात्रुहरुले भने त्यो सिस्टमलाई निरन्तरता दिएको उनको भनाइ छ ।   

‘बिहान, बेलुकीको समय यात्रुको भीड हुन्थ्यो । पाकेटमारको बिगबिगी थियो । सामान हरायो भनेर कति यात्रुहरुको गुनासो पनि आयो । त्यस्तै बिरामी, अशक्त, महिला, बालबालिकाले चढ्नै नपाउने । यी नै कारणले गर्दा हामीले लाइन लागेर बस चढ्न अनुरोध गरेका थियौँ’, एसपी श्रेष्ठले भने ।   

यात्रुहरु आफैँले पनि बुझेर ट्राफिकको अनुरोधलाई निरन्तरता दिनुपर्ने उनी बताउँछन् । उनी भन्छन्– ‘ अशक्त, बालवृद्धलाई सहयोग गर्नु, सम्मान गर्नु नागरिकको नैतिक जिम्मेवारी, कर्तव्य हो । तरपनि ट्राफिक प्रहरीहरुबाट त्यो अव्यवस्थित हुनु हुँदैन भन्ने कुरा ध्यानमा राख्दै केही ठाउँहरुमा यो अनुरोध गरेका थियौँ । अहिले छुटेको छ । फेरि पनि हाम्रो जनशक्तिले भ्याएसम्म आवश्यकता अनुसार हामी यसमा सक्रिय हुन्छौँ ।’ 

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *