एलजीको अत्याधुनिक नयाँ शोरुम काठमाडौंको कान्तिपथमा

काठमाडौं । एलजी काठमाडौंको कान्तिपथमा अत्याधुनिक नयाँ शोरुमको उद्घाटन गरेको छ ।   

दैनिक उपभोग्य इलेक्ट्रोनिक्स, मनोरञ्जनका उपकरण तथा मोबाइल उत्पादन कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स प्रा.लि ले काठमाडौंको कान्तिपथमा अत्याधुनिक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।   

एलजीले नेपाली उपभोक्तालाई लक्षित गरी उक्तशोरुम सञ्चालनमा ल्याएको हो ।   

IMG-20200210-WA0000.jpg

एक घरका लागि सबै डिजिटल आवश्यकताहरुको परिपूर्ती गर्ने लक्ष्यले खोलि एको यो शोरुमले बन्दस्टपको रुपमा सेवा प्रदान गर्ने लक्ष लिएको बताइएको छ ।   

नयाँ एलजी शोरुमले गृह मनोरञ्जन, घरका उपकरणका साथै एयर कन्डिसनिङ एन्ड इनर्जीसोलुसनका लागि उत्पादित सामानहरु सुलभ ढङ्गले ग्राहकमाझ पुर्याउने जनाइएको छ ।   

एलजीको पहिलो लाइफ स्टायल सप काठमाडौंको मिनभवनमा स्थापना गरिएको थियो । जसलाई व्यापार लक्षित नबनाइ एलजीको पहिचान उपभोक्तामाझ पुर्याउने प्लेटफार्मका रुपमा स्थापना गरिएको बताइएको छ ।   

त्यसपछि एलजी ब्रान्ड शोरुमहरु सुन्धारा,  जावलाखेल, सिभिल मल, चावहिल र सितापाइलामा खोलिएका थिए ।  

  

ग्राण्ड ओपनिङको अवसरमा शोरुममा विशेष छुटको पनि व्इवस्था गरिएको छ ।  जसमा एलजीमा  सामानहरु खरिद गर्ने उपभोक्ताहरुलाई प्रोत्साहन गर्न एलजी उत्पादनको हरेक खरिदमा आकर्षक प्रोमोशनल योजनाहरु समावेश गरिएका छन् ।   

निकट भविष्यमै विभिन्न ठाउँहरुमा एलजीका विशेष शोरुमहरु विस्तार गर्ने योजना रहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *