सुनसँगै चाँदीको भाउ पनि घट्यो, तोलाको कती ?

फागुन १४, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला  ८० हजार रुपैयाँ कायम भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ७९ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार तेजाबी सुनमा पनि आज तोलामा ५ सय रुपैयाँ घटेर ७९ हजार २ सय रुपैयाँले करोबार भईरहेको छ । तेजाबी सुनको हिजोको मूल्य प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा रहेको  थियो ।     

बुधबार चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला ९ सय ५  रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको  छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *