समाजसेवी होम दिदीको राम्रो काम, आमाको पुण्य तिथिमा वृद्धाश्रमलाई दान

माघ १०, धरान । समाजसेवी होमकुमारी लिम्बूले स्वर्गीय आमा नरमती लिम्बूको पुण्य तिथिमा वृद्धाश्रमलाई दान गरेकी छन् । धरान–१० निवासी समाजसेवी ७६ बर्षको उमेरमा निधन भई स्वर्गवास भएकी स्वर्गीय नरमती लिम्बुको प्रथम वार्षिक पुण्य तिथिको अवसरमा उनका छोराछोरीहरुले सुनसरीको पकली स्थित रहेको राम जानकी वृद्धाश्रमलाई दान गरेका हुन् ।   

वृद्धाश्रमममा आश्रित ९ जना वृद्ध तथा असहाय आमाहरुको आर्शिवाद लिँदै आश्रमलाई चाहिने आवश्यक सामग्री स्वर्गीय लिम्बुकी छोरीहरु होम कुमारी र बिष्णु लिम्बुले प्रदान गरे ।   

दुई दिदी बहिनी सहितको ६ जनको टोली आश्रम नै पुगी आश्रमलाई आवश्यक सहयोग गरेका हुन् ।   

उनीहरुले आश्रममा रहेका वृद्धआमाहरुलाई एक छाक खाजा पनि खुवाएका थिए ।   

स्वर्गीय नरमतीकी दुई छोरी, होम तथा बिष्णु लिम्बु र छोरा ईन्द्र प्रसाद लिम्बुले आश्रमलाई करिब ३० हजार रुपैंया बराबरको काचको थाल बटुको सेट सरसफाईको समाग्री दिनुका साथै  खाली  ग्यास चुल्हो पनि रिफिल गरेर दिएका थिए ।   

उनीहरुले सो सामाग्री आश्रमका सहसचिव गणेश प्रसाद शाह र सदस्य निमेन्द्र चौधरीको रोहवरमा हस्तान्तरण गरेका हुन् ।   

होम कुमारीले समाजिक उत्तरदायित्व वहन गर्दे सबैलाई सहयोग तथा आत्मसन्तृष्टीको लागि सहयोग गरेको र भविष्यमा पनि यस्ता सहयोगहरु निरन्तर रुपमा गरीने बताएकी छन् ।   

गणेश श्रेष्ठ, शान्ती लिम्बु, देवी लिम्बु, गोपाल कामत लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *