चीनमा ड्रोनबाटै कुराकानी, ड्रोनबाटै मास्क वितरण (भिडियो)

बेइजिङ । कोरोनाको संक्रमण बढ्दै गएपछि चीनमा जनतालाई सूचना दिन र मास्क वितरण गर्न प्रहरीले ड्रोनको प्रयोग गरिरहेका छन् ।   

शहर सडकहरु सुनसान देखिएका  छन् । मानिसहरु घर बाहिर निस्किएका छैनन् ।   

सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिएको एक भिडियोमा प्रहरीले जनतालाई सूचना दिन नोभेल सञ्चार साधनको रुपमा ड्रोनलाई प्रयोग गरेको देखाएको छ ।   

सो भिडियोमा गुआङ्छी जुआङ स्वायत्त क्षेत्रको साङ्सी काउन्टीमा ड्रोनमार्फत जनतालाई मास्कसमेत खसालेका छन् ।   

भिडियो लर्न चाइनिज् फेसबुक पेजमा शेयर गरिएको थियो ।   

भिडियामा प्रहरीले सडकमा मास्क नलगाएर हिडिरहेका एकजनालाई ड्रोनमार्फत मास्क लगाउन आग्रह गर्दै उनलाई माथिबाट मास्कसमेत खसालिएको छ ।   

भिडियामा ड्रोनमार्फत प्रसारण गरिएको सन्देशमा भनिएको छ, ‘माथि हेर, केटा, हो तपाईं । के तपाईंलाई मास्क लगाउँदा तपाईं झन ह्यान्सम देखिनुहुन्छ भन्‍ने थाहा छ ? मास्क नलगाई बाहिर निस्किने हिम्मत कसरी गर्नुभयो ? यता आउ, यो मास्क समात ।’ 

माथिबाट मास्क खसालिन्छ अनि ती युवकले ड्रोनमार्फत दिइएको निर्देशन अनुसार उक्त मास्क समात्छन् र लगाउँछन ।   

‘तपाईंको आफ्नो सुरक्षा र परिवारको खुसीका लागि घरबाहिरका गतिविधि कम गर्नुहोस् । तपाईंको सहकार्यका लागि धन्यवाद’ भिडियोमा भनिएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  

https://www.facebook.com/crilearnchinese/videos/204677804017973/ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *