त्रिकोणात्मक प्रेमले लियो यस्तो रूप, गयो दुई जनाको ज्यान

  

  

फागुन ७, काठमाडाैँ ।  त्रिकोणात्मक प्रेमको बाटोले अक्सर अपराधको दुनियाँमा डोहोर्‍याउँछ । यस्तै भयो भारतको उत्तर प्रदेशको मिर्जापुरमा । यहाँको एक विद्यालयमा पढाउने दुई शिक्षकको एउटै युवतीसँग प्रेम बस्यो । सुरुमा त एकले अर्कोलाई सम्झाए तर जब कुरा मिलेन तब यसमा एक शिक्षकले अर्को शिक्षकको हत्या गरे र त्यसको केही घण्टापछि आफैंले पनि आत्महत्या गरे । 

Image result for प्रेम

मिर्जापुरको विंध्याचल थाना क्षेत्रको रैपुरी गाउँमा कुवामा भेटिएको शिक्षक सुरज पाण्डेयको शवबारे पुलिसले मंगलबार खुलासा गरेका छन् । घटनाबारे खुलासा गर्दै पुलिसले सुरजको हत्या उनीसँगै स्कूलमा पढाउने अर्का दुईजना शिक्षक साथीले घाँटी थिची हत्या गरेको जानकारी दिए । 

भारतीय संचार माध्यमलाई पुलिसले दिएको जानकारी अनुसार मृतक सुरज, अनुज र रत्नेश एक नीजि विद्यालयका शिक्षक थिए । सुरज र अनुजको दोस्ती राम्रो थियो । अनुज एक युवतीसँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । यसैबीच दुई महिना अघि त्यही युवतीसँग मृतक सुरजको पनि फोनमा कुराकानी हुन थाल्यो । अनुजलाई जब यसबारे थाहा भयो तब उनले सुरजलाई त्यसो नगर्न भने तर सुरज मानेनन् । 

तब अनुजले आफ्ना साथी रत्नेशसँग मिलेर फेब्रुअरी ११ मा सुरजको मफ्लरले घाँटी थिची हत्या गरे र शवलाई कुवामा फ्याँकिदिए । सुरजको मोटरसाइकल पनि दुई किलोमिटर पर फ्याँकियो । सुरजको हत्या पछि अनुजले पनि फेब्रुअरी १३ तारिखमा फाँसी लगाएर आत्महत्या गरिदिए । अनुसन्धानपछि पुलिसले हत्यामा संलग्न सहयोग रत्नेशलाई पक्राउ गर्दै सुरजको मोटरसाइकल पनि बरामद गर्‍यो । रत्नेशलाई जेल पठाइयो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *