वायु सेवा निगममा जागिरको अवसरः माग्यो सिनियर क्याप्टेनदेखि सहायकसम्म (सुचना सहित)

फागुन ६, काठमाडौं । नेपाल वायु सेवा निगमले भारी मात्रामा कर्मचारी माग गरेको छ । निगमले फागुन २ गते नै सुचना प्रकाशित गरी डेढसय बढि कर्मचारी माग गरेको हो ।   

निगमले लेखा सहायकदेखि सिनियर क्याप्टेन पाइलटसम्म माग गरेको छ । निगमले लोकसेवा आयोगबाट सहमति लिएर खुल्ला प्रतिष्पर्धाद्वारा पदपुर्ति गर्नुपर्ने भएकोले कर्मचारी माग गरेको जनाएको छ । जारी सुचना अनुसार निगमले सिनियर क्याप्टेन २० जना, जुनियर क्याप्टेन १४ जना सिनियर को–पाइलट १३ जना, सामान्य प्रशासन अधिकृत २१ जना सहायक ३४ जना लगायत वरिष्ठ प्राविधिक, अपरेसन्स इन्जिनियर लगायत १८ पदमा कर्मचारी माग गरेको छ ।   

निगमले ती पदहरुमा खुल्ला, मधेशी जनजाति, महिला, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समेत आरक्षण दिएको छ । आवेदकले सुचना प्रकाशित भएको २१ दिन भित्र योग्यता अनुसार आवेदन दिन सक्नेछन् ।   

हेर्नुहोस सुचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *