यी गायिकाले ‘मेरा घरकालाई नछोड्नु’ भन्दै गरिन् आत्महत्या

फागुन ६, काठमाडौँ । कन्नड फिल्मकी चर्चित गायिका सुष्मिताले ‘मेरा घरकालाई नछोड्नु’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् ।   

माईतीमा आत्महत्या गरेकी सुष्मिताले आफ्नो मृत्युको कारण आफ्नो परिवार जनाउँदै निकै लामो मेसेज पठाएर आत्महत्या गरेकी हुन्  । 

२७ वर्षीया सुष्मिताले डेढ वर्ष अघि मात्र शरत कुमारसँग उनको विवाह  गरेकी थिईन् । बिवाहको केही समयपछी श्रीमान् र घरका सदस्यसँग पर्न थालेपछी उनी माईतीमै बस्दै आईरहेकी थिईन् ।   

उनले लेखिएको सुसाइड नोटमा भनिएको छ,  ‘आमा मलाई माफ गरिदिनु, मैले मेरो गल्तीको सजाय पाइरहेकी छु । मलाई श्रीमानका आन्टीले टर्चर गरिन् । उनले मलाई घरबाट निस्कन भन्थिन् । उनलाई नछोड्नुहोस् । शरत, वैदेशी र गीता मेरो मृत्युका लागि प्रत्यक्ष रुपमा जिम्मेवार छन् । मैले उनीहरुलाई धेरै बिन्ती गरेँ तर उनीहरुको मन र मुटु कहिले पनि पग्लिएन ।’ 

उनले थपिन्, ‘म उनीहरुको घरमा मर्न चाहन्नँ । विवाहको दिनदेखि नै यी सबै सुरु भएको थियो । मेरो अन्तिम संस्कार मेरो माइतीमै मेरो भाइको हातबाट होस् । मेरा घरका लाई नछोड्नुहोस् नभए मेरो आत्माले शान्ति पाउँदैन । म तपाईंलाई धेरै मिस गर्नेछु, आमा ।’ 

सोमबार सुष्मिताकी आमाले दाइजो उत्पीडनका कारण छोरीले यस्तो कदम उठाएको बताएको स्थानीय प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *